काठमाडौँ, २५ चैत । भृकुटीमण्डपमा सुरु भएको चौथो बृहत् पुस्तक प्रदर्शनीमा अहिलेसम्ममा रु २५ लाखको कारोबार भएको छ ।
गत शुक्रबारदेखि डिकुरा पब्लिकेसनले सुरु गरेको प्रदशर्नीको ५० हजार मानिसले अवलोकन गरेका कार्यक्रम संयोजक पुण्यप्रसाद प्रसाईंले जानकारी दिनुभयो । प्रदर्शनीमा एक हजारभन्दा बढी फरक फरक शीर्षकका पुस्तक राखिएका छन् भने सो मध्ये सबैभन्दा बढी धार्मिक पुस्तक, गजल सङ्ग्रह, जीवनी र आत्मकथा लेखिएका पुस्तक बिक्री भएका छन् ।
यसअघि गरिएको प्रदर्शनीभन्दा यसपटक पाठकको उत्साहजनक सहभागिता रहेको छ । आगामी वैशाख ७ गतेसम्म सञ्चालनमा रहने प्रदर्शनी बिहान ९ देखि साँझ ७ बजेसम्म खुल्ला रहने छ । एक लाख सर्वसाधारणले अवलोकन गर्ने तथा रु एक करोडको आर्थिक कारोबार हुने आयोजकले लक्ष्य लिएको छ । रासस
No comments:
Post a Comment