Saturday, April 9, 2016

वैशाखदेखि सिंहदरबार केन्द्रित आन्दोलन : राजेन्द्र महतो

नवलपरासी, २७ चैत । सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेशका मागको बेवास्ता गरे वैशाख पहिलो सातादेखि सिंहदरबारमा दबाब केन्द्रित आन्दोलन चल्ने बताउनुभएको छ ।

पूर्व मन्त्रीसमेत रहनुभएका महतोले आज नवलपरासीको परासीमा पत्रकारसँग कुरा गर्दै अब आन्दोलन मधेसमा मात्र नहुने भन्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित कडा प्रकारको रहने दाबी गर्नुभयो ।

पछिल्लो समयमा गरिएका आन्दोलनले मधेसका जनतालाई मात्र समस्या पारेको भन्दै अबको आन्दोलन काठमाडौँमा दबाब दिने साथै समस्या पार्नेखालको हुने महतोले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts