सप्तरी, २७ चैत । जिल्लाका हरिहरपुर–३ मोतिगढा टोलमा आज आगलागी हुँदा रु ५० लाखबराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीमा परी १० घर परिवारका १७ घर जलेर नष्ट भएको छ भने एक दर्जन चौपाया मरेका छन् । स्थानीय विन्देश्वर चौधरीको घरबाट सुरु भएको आगलागी टोलभरि फैलिएको थियो ।
स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
प्रहरीले तयार गरेको प्रारम्भिक अनुमानअनुसार करिब रु ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment