Saturday, April 9, 2016

काँग्रेस सरकारमा आउनुपर्छ : मन्त्री गजुरेल

दमक, २७ चैत । कृषि मन्त्री हरिबोल गजुरेलले संविधानको कार्यान्वयनमा काँग्रेससहितको राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउनुभएको छ ।

झापाको दमकमा आज साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान निर्माणका बेला भएको काँग्रेसको अगुवाइ अब संविधान कार्यान्वयनमा पनि हुनु जरुरी भएको बताउनुभयो ।

काँग्रेसलाई पाखा लगाएर संविधान कार्यान्वयन हुन नसक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो–“संविधान कार्यान्वयनका लागि पनि काँग्रेससहितको राष्ट्रिय सरकार बन्नुपर्छ ।”

राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय आफूहरुको नभई काँग्रेस र एमालेको भएको बताउँदै यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा उहाँको जोड थियो ।

एक फरक प्रसङ्गमा मन्त्री गजुरेलले माओवादी शक्ति अब एक हुन आवश्यक रहेको औँल्याउनुभयो । तत्काल मोहन वैद्य निकट माओवादीसँग एकीकरण हुनेसमेत ठोकुवा गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts