Monday, April 18, 2016

विजेता नेपाली टोलीलाई उपराष्ट्रपतिको बधाई

काठमाडौँ, ६ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र नामिबियाबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा विजयी भएकामा नेपाली टोलीलाई बधाई दिनुभएको छ ।

उपराष्ट्रपति पुनका तर्फबाट प्रेस संयोजक मनोज घर्तीले सन्देश दिँदै नेपालको उत्कृष्ट प्रदर्शनले नेपालको क्रिकेटले आगामी दिनमा अझै उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा गर्नुभएको छ ।

उहाँले क्रिक्रेट टोली र प्रशिक्षक पनि बधाईको पात्र भएको उल्लेख गर्नुभएको छ । यसअघि शनिबार भएको खेलमा उपराष्ट्रपतिले प्रत्यक्ष रुपमा नै क्रिकेट मैदानमा पुगेर नेपाली टोलीको हौसला बढाउनुभएको थियो ।

स्रोतसाधन जुटाउन आग्रह

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शुभकामना सन्देश दिँदै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी एवम् प्रशिक्षकलाई बधाई दिनुभएको छ ।

उहाँले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्न र त्यसका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले आज भएको दोस्रो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts