Wednesday, April 13, 2016

सप्तरीको दौरीभर्वामा आगलागी

राजविराज, १ वैशाख । सप्तरीको दौरीभर्वा गाविसमा आज बिहान आगलागी हुँदा रु २५ लाख बढीको क्षति भएको छ ।

जिल्लाको दौरीभर्वा–६ निवासी सोफी मण्डलको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजलगायत ६ परिवारको १४ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सो आगलागीमा परी दुई वटा बाख्रासमेत मरेको बताइएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन घरमा रहेको नगद जिन्सी गरी रु २५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts