Tuesday, April 5, 2016

सञ्चार क्षेत्रले लोकतान्त्रिक आन्दोलनमा योगदान– उद्योगमन्त्री पाण्डेय

पाल्पा, २३ चैत । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, स्थानीय समुदायको चेतनास्तर अभिवृद्धिमा सामुदायिक रेडियो मदनपोखराले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

सामुदायिक रेडियो मदनपोखरा पाल्पाले अठारौँ वार्षिकोत्सवका अवसरमा आज बोली वार्षिक पत्रिकाको विमोचन गर्दै मन्त्री पाण्डेयले राष्ट्रियता र आत्मनिर्भरताका विषयमा प्रकाशित सामग्रीस्तरीय र पठनीय रहेको बताउनुभएको छ ।

नेपाली सञ्चार क्षेत्रले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै उहाँले आगामी दिनमा संविधानको कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उद्योगमन्त्री पाण्डेयले बुटवल तानसेन सडकखण्डको स्तरोन्नति गरी चार लेनको बनाउने विषयमा सरकारले आवश्यक तयारी गरेको जानकारी दिनुभयो । उहाँले विकासका लागि सकारात्मक सोंच र सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा रेडियोका प्रबन्धक राजेशकुमार अर्यालले संविधानको कार्यान्वयनमा सामुदायिक सञ्चार, नागरिकको समृद्धि देश विकास आधार भन्ने नीतिअनुरुपको वार्षिक कार्ययोजना निर्माण गरी अघि बढेको बताउनुभयो ।

स्टेसन प्रबन्धक अर्यालले रु ४५ लाख नौ हजार २५२ को आयव्यय विवरण प्रस्तुत गनुभयो । समारोहमा पाल्पाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने यम्घा–५ का दयाराज बस्याललाई शिक्षा पुरस्कार र लोकगायन तथा लोक संस्कृतिको संरक्षणमा सक्रिय मस्याम–६ का टेकलाल बराहलाई लोकसंस्कृति प्रवद्र्धन पुरस्कार प्रदान गरिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले सामुदायिक रेडियो मदनपोखराले स्थानीय समुदायका विषयवस्तु र सामग्री प्रसारण गर्ने भएकाले पाल्पामा यो लोकप्रिय बनेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts