Tuesday, April 5, 2016

धर्म र संस्कृति संरक्षणमा लाग्न आग्रह

कञ्चनपुर, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले धर्म र संस्कृतिले समाजलाई जोड्ने भएकाले यसको संरक्षणका लागि सबैले कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।

आज बेदकोट नगरपालिकाको जडेपानीमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहँुदै उहाँले धर्म र संस्कृतिप्रतिको राजनीतिक दलको उदासिनताले समाजमा अराजकता बढेको बताउनुभयो ।

सनातन धर्म बचाउनका लागि सबै नेपाली जनताले एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच चाँडै एकता हुने बताउँदै उहाँले दुवै पार्टीबीच एकता गराउनका लागि आफू अध्यक्ष बनेको उहाँले धारणा राख्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts