Saturday, April 9, 2016

भूकम्पबाट नभत्कने विद्यालय भवन

काठमाडौँ, २७ चैत । गत वैशाख १२ गतेको भूकम्पले महिनौँसम्म त्रास उत्पन्न गराई विद्यालयमा पठनपाठन हुन नसकेपछि महान सिद्धार्थ हाइस्कुलले भूकम्पबाट नभत्कने भवन निर्माण गरेको छ ।

बौद्ध कुमारीगालमा निर्मित विद्यालयको एकतले ३१ कोठे भवनको उद्घाटन गर्दै भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले अबको माग भाडाको घरमा नभई विद्यालयको आफ्नै भवनमा अध्यापन गराइनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

“यससम्बन्धी निर्देशन शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयमार्फत दिएको छ, यसको सबै विद्यालयले पालना गरेमा प्रकोपबाट बालबालिकालाई जोगाउन सकिन्छ” – उहाँले भन्नुभयो ।

पूर्व सांसद एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा विदुर पौडेलले भूकम्पजस्तो प्राकृतिक प्रकोपबाट विद्यार्थीको मानसिक त्रास अन्त्यका लागि यस्ता भवन विद्यालयले निर्माण गर्नुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा चलचित्र निर्देशक यादव खरेल, विद्यालयका सल्लाहकार महेश्वरलाल श्रेष्ठ र प्राचार्य बाबुराम केसीलगायतका वक्ताले भूकम्पले नभत्कने एकतले भवन भएकाले भूकम्पका बेलासमेत निर्वाध रुपमा अध्ययन अध्यापन गर्न सकिने बताउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts