काठमाडौँ, २७ चैत । कुलेश्वर आवास माध्यामिक विद्यालयको रजत महोत्सवका अवसरमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, समाजसेवी बिएल श्रेष्ठ, सोही विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई सम्मान गरेको छ ।
सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालय स्थापनाको २५औँ वर्षको अवसरमा आज आयोजित रजत महोत्सव समारोहमा उहाँहरुलगायत विद्यालय सञ्चालनमा योगदान पु¥याउने अन्य २२ जनालाई समेत सम्मन गरिएको हो ।
शिक्षा मन्त्रालयका सहसचिव लवदेव अवस्थीले विद्यालयले गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएकामा त्यसको सराहना गर्दै भौतिक पूर्वाधार तथा संरचना विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भारतीय दूतावासका प्रतिनिधि विनयकुमारले भूकम्पका कारण भत्किएका र बिग्रिएका विद्यालयका भवन तथा संरचनाको पुनःनिर्माणमा दूतावासले केही आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक दुलालले विद्यालयमा हुने शैक्षिक गतिविधिले त्यस क्षेत्रमा राम्रो प्रतिष्ठा कायम राख्न सफल भएको बताउँदै विद्यालयको पुनःनिर्माणका लागि करिब रु पाँच करोडको खाँचो रहेको जानकारी दिनुभयो ।
कक्षा १ देखि १० सम्म अध्ययन तथा अध्यापन हुने विद्यालयमा करिब ७०० विद्यार्थी छन् । रासस
No comments:
Post a Comment