जुम्ला, २१ चैत । जिल्लाको सीता माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट प्रवेशिका परीक्षा दिइरहेका एक परीक्षार्थीको तिला नदीमा डुबेर मृत्यु भएको छ ।
डुबेर मृत्यु हुने परीक्षार्थी घोडेमहादेव गाविस–३ रिपीगाउँ निवासी १९ वर्षीय कृष्ण रावत हुन् । प्रवेशिका परीक्षाको तेस्रो दिन गणित परीक्षा दिएका रावत खाना खाएर नदीमा नुहाउन गएका थिए । सोही समयमा रावत नदीमा डुबेको थिए ।
नदीमा डुबेका रावतलाई स्थानीयवासीले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकी ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मृतक रावतको मृत्युका बारेमा परिवारलाई जानकारी गराइसकिएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको प्रहरीले बताएको छ । रासस
No comments:
Post a Comment