Tuesday, April 12, 2016

मनकामना केबुलकार पोखरा कप सुरु

पोखरा, ३० चैत । मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि पोखरा रङ्गशालामा सुरु भएको छ ।

आगामी वैशाख ११ गतेसम्म हुने सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ११ फुटबल टोली र भारतको युनाइटेड फुटबल टोलीले भाग लिएका छन् ।

कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालन हुने सो प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेताले रु दुई लाख ५५ हजार ५५५, सिल्ड, पदक र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले प्रतियोगिताले खेलकुदको विकास तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts