Sunday, April 10, 2016

बर्दिया पनि पूर्ण साक्षर

गुलरिया (बर्दिया), २८ चैत । बर्दियालाई आज औपचारीक रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले एक विशेष कार्यक्रममा यस जिल्लालाई २५ औं पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभयो ।

बर्दियालाई साक्षर जिल्ला घोषणा गर्न सबै सरोकार निकायले आ–आफ्नो ठाँउमा सहयोग गरेको बताउँदै उहाँले समग्र मुलुकलाई साक्षर घोषणा गराउने अभियानमा आफू लागि परेको बताउनुभयो ।

बर्दियाको १५ वर्ष देखि ६० बर्ष उमेर समुहको ९६.४१ प्रतशित साक्षर छन् भने १५ देखि ६० वर्ष उमेरको कुल तीन लाख ३५ हजार ९१६ मध्ये तीन लाख २३ हजार ८५८ जनसङ्ख्या साक्षर छन् ।

पाँच वटा नगरपालिका र १८ गाँउ पालिका रहेको यस जिल्लालाई साक्षर जिल्ला घोषण गराउन लागि माध्यमिक तहका कक्षा ९ र १० का विद्यार्थीलाई प्रयोगात्मक अभियानमा सहभागी गराइएको जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts