Sunday, April 10, 2016

अपरहण भएका ईश्वरप्रसादको अवस्था अज्ञात

कलैया, २८ चैत । बारा महागढीमाई नगरपालिका वडा नं. १० गन्जभवानीपुर बस्ने ३८ वर्षीय ईश्वरप्रसाद साह तेली अपहरणमा परेको परिवारले जनाएको छ । अज्ञात व्यक्ति आएर तिमीलाई ‘एसपीले बोलाएका छन्’ भनी आफ्नो बाबुलाई लगेकामा आजसम्म निजको अवस्था अज्ञात रहेको ईश्वरप्रसादका छोरा अभिनन्दन साहले बताएका छन् ।

गन्जभवानीपुरस्थित श्याम ट्रेडर्सका प्रोपाइटर ईश्वरप्रसाद आफ्नो पसलमा बसिरहेको अवस्थामा यही चैत २३ गते बिहान करिब १० बजे कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले एसपीले बोलाएको छ भनी मोटरसाइकलमा बसाली लगेको बताइएको छ ।

आफ्ना बाबुको हालसम्म पनि अवस्था अज्ञात रहेको र सो घटनाबारे जिल्ला प्रहरी कार्यालयसमेतमा जानकारी गराउँदा कुनै सुनुवाइ नगरेको छोरा अभिनन्दनले दुःखेसो गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts