काठमाडौँ, २८ चैत । नेपाल पत्रकार महासङ्घ सामुदायिक सूचना नेटवर्क प्रतिष्ठान शाखाले समाचार सङ्कलनको क्रममा प्रहरीले फोटो पत्रकार कविन अधिकारीमाथि कुटपिट गरेको घटनाप्रति भत्र्सना गरेको छ ।
“सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारीहरूले गरिरहेको आन्दोलनको तस्बिर खिच्ने क्रममा पत्रकार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर कुपपिट गरेको घटना निक्कै दुःखद छ”–प्रतिष्ठानका अध्यक्ष दीपक आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नागरिकलाई सुसूचीत गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भएको भन्दै प्रतिष्ठानले प्रहरी ज्यादतीको कडा शब्दमा भत्र्सनासमेत गरेको छ । प्रतिष्ठानले अपराधमा संलग्नलाई कारबाहीको माग पनि गरेको छ । रासस
No comments:
Post a Comment