Sunday, April 10, 2016

आगलागी नियन्त्रणमा सहजगता अपनाउन अनुरोध

काठमाडौँ, २८ चैत । हावाहुरी तथा सुक्खा मौसममा आगलागीको जोखिम बढी हुने भएकाले अति प्रज्वलनशील पदार्थ अनावश्यक रुपमा भण्डारण नगर्न तथा आगोको स्रोतबाट सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी आगजनीका कारण ठूलो धनमाल तथा मानवीय क्षति हुने भएकाले सावधानी अपनाउन सर्बसाधारणलाई अनुरोध गरेको हो ।

मन्त्रालयका सहसचिव विनोद केसीले आगलागी नियन्त्रणमा सजगता अपनाउन राज्यका सबै निकायलाई निर्देशन समेत पनि दिनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts