बाह्रबिसे (सिन्धुपाल्चोक), ७ वैशाख । अघिल्लो वर्ष वैशाखमा गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त भएको सिन्धुपालचोकको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको अत्याधुनिक भवन निमार्ण हुने भएको छ ।
नेपाल सरकार, अमेरिकी सहयोग नियोग(यूएसआइडी) र युएस आर्मी कोर अफ इन्जिनियर्सबीचको साझेदारीमा १९ लाख अमेरिकी डलर (करिब रु१९ करोड)को लागतमा १० शैयाको तीन तले सुविधा सम्पन्न भवन निमार्ण हुने भएको हो ।
सोमबार एक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री रामजनम चौधरी, स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्ज लगायतले संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।
स्वास्थ्य केन्द्र निर्माणपछि जिल्लाको राम्चे गाविसलगायत आसपासका करिब एक लाख १२ हजार जनतालाई स्वास्थ्य सेवा पुग्नेछ । युएस आर्मी क्रस अफ इन्जिनियरिङ’ मोडलमा बनाइने सो भवन पूर्णरुपमा अपाङ्गमैत्री हुनेछ ।
भवन निमार्णपछि सो केन्द्रलाई स्वास्थ्य उपकरण पनि उपलब्ध गराउने राजदूत टेपलेट्जले जानकारी दिनुभयो । भवनको निर्माणकार्य आगामी साउनबाट सुरु हुनेछ ।
अहिले उक्त ठाउँमा प्रि फेब्रीकेटेड सामग्री प्रयोग गरी अस्थायीरुपमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । रासस
No comments:
Post a Comment