Friday, April 8, 2016

विजेता खेलाडी पुरस्कृत

काठमाडौँ, २६ चैत । सशस्त्र प्रहरी बल, केन्द्रीय खेलकुद समितिद्वारा आयोजित बाह्रौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन र आठाँै सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको विजेता खेलाडीलाई आज पुरस्कार वितरण गरिएको छ ।

हलचोकस्थित एपिएफको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले विजेता खेलाडीलाई ट्रफी प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले आआफ्नो सङ्गठनबाट खेलकुद क्षेत्रमा निकै योगदान पु¥याएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अनुहार दुईवटा भए पनि समग्र उद्देश्य भने एउटै भएको विचार व्यक्त गर्नुभयो ।

त्यस्तै कावा सशस्त्र प्रहरी महानिरीक्षक राईले दुवै सङ्गठनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै अर्याल र आफू एकै ब्याचका भएका कारण पनि साङ्गठानिक जिम्मेवारी निर्वाहमा सहजता रहेको चर्चा गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts