काठमाडौँ, १७ वैशाख । नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले आज विज्ञप्ति जारी गरी पार्टीको शुभेच्छुक संस्था युनियनका सचिव, लोकगायक एवम् महाधिवेशन प्रतिनिधि क्षेत्रीको निधनमा दुःख व्यक्त गर्दै उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको भनी स्मरण गर्नुभएको छ । उहाँको पार्थिव शरीरमा आजै अपराह्न पार्टीका सभापति शेरबहादुर देउवाले प्रज्ञा भवन गई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment