भक्तपुर, १७ वैशाख । ग्यासमा कालोबजारी गरी बिक्री गर्नेलाई आज महानगरीय प्रहरी वृत्त थिमिले ग्याससहित पक्राउ गरेको छ ।
अनन्तलिङ्गेश्वर नगरपालिका–५ बालकोट बस्ने रामचन्द्र श्रेष्ठले हिमाल ग्यास निर्धारित मूल्यभन्दा बढी रकम लिएर कालोबजारी गरी बिक्री गरेको पाइएपछि नौ वटा ग्यास सिलिन्डरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई आजै म्याद थप गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment