काठमाडौँ, १० वैशाख । नयाँ संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन युवा र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने जानकारले बताएका छन् ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार तथा लेखक समाजद्वारा यहाँ आज आयोजित ‘सङ्क्रमणकालीन स्थितिमा मिडिया र युवाको भूमिका’ विषयको अन्तक्र्रियामा इतिहासविद् प्रा डा सुरेन्द्र केसीलेसंविधान जारी भए पनि सङ्क्रमणकालीन अवस्था भने यथावतै रहेको भन्दै त्यसको अन्त्य र संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले मुलुक निर्माणका क्रममा विभिन्न चरणमा भएका सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नेपाली सञ्चारमाध्यमले उत्तरदायी र जिम्मेवार बन्दै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
मानवअधिकारकर्मी चरण प्रसाईंले जति सक्दो चाँडो मुलुकलाई आर्थिक विकासको बाटामा अगाडि बढाउनुपर्ने तथा वैदेशिक रोजगारीमा जाने युवालाई नेपालमै रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । रासस
No comments:
Post a Comment