Friday, April 8, 2016

एमाले केन्द्रीय कमिटी शनिबार

काठमाडौँ, २६ चैत । नेकपा (एमाले) को पोलिटब्युरोको बैठक नसकिए पनि शनिबार पार्टीको पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

एक वर्षको अन्तरालपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठकको उद्घाटन भई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन वितरण गर्नुभएपछि पुनःपोलिटब्युरोको बैठकले निरन्तरता पाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जानकारी दिनुभयो ।

आज साँझ बालुवाटरमा भएको पोलिटब्युरो बैठकमा केन्द्रीय कमिटी बैठक सार्न नेता डा विजय पौडेले प्रस्ताव गरेपनि त्यसलाई बैठकले स्वीकार गरेन । पोलिटब्युरोको बैठक यही चैत २३ गतेदेखि जारी छ ।

बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची छन् ।

यसैबीच शनिबार नै एमालेले पञ्चायतकालमा मारिएका सहिद रत्नकुमार वान्तवाको स्मृति दिवस मनाउँदैछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts