Saturday, April 9, 2016

योगी नरहरिनाथको सालिक निर्माण हुने

कालीकोट, २८ चैत । जिल्लाको गरिमालाई संस्कृतिको क्षेत्रमा उँचो बनाउन ठूलो योगदान दिएका विद्वान संस्कृतिविद् योगी नरहरिनाथको कालीकोटमा सालिक निर्माण हुने भएको छ ।

तत्कालीन राजा वीरेन्द्रको सालिक भएको स्थान मान्म सदरमुकामको प्रतिमा चोकमा योगी नरहरिनाथको सालिक निर्माण हुने भएको छ ।

संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले उद्घाटन गर्दै कर्णालीमा योगी नरहरिनाथले ठूलो त्याग गरेको, धार्मिक क्षेत्रमा आफ्नो जीवन समर्पण गरेको भन्दै सालिक निर्माण हुनु राम्रो काम भएको बताउँदै यसमा सहयोग गर्न जिल्लावासीलाई अनुरोध गर्नुभएको छ ।

योगी नरहरिनाथ पर्यटन समाज नामक संस्थाको समन्वय तथा संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा सालिक निर्माण हुन लागेपछि जिल्लावासीमा खुसियाली छाएको छ ।

जिल्लाको मान्म गाविसका स्थानीयवासी अने दमाईले राम्रो काम गर्ने जोकोहीलाई सम्मान गर्नु राम्रो काम भएको बताउनुभयो ।

लालु गाविसमा जन्मिएका योगी नरहरिनाथले बडिमालिकालगायतका क्षेत्रमा धार्मिक प्रचारप्रसारलगायतका काम गर्दै आउनुभएको थियो । यसअघि पनि जिल्लामा नरहरिनाथ योगीको नाममा विभिन्न गतिविधि हुँदै आएका छन् । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts