Saturday, April 9, 2016

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सुरुङ्गा (झापा), २८ चैत । को ९ प ९६५० नंको मोटरसाइकलको ठक्करबाट झापामा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचगाछी–४ निवासी ८५ वर्षीय वृद्ध कञ्चन ताजपुरिया रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ताजपुरियालाई पाँचगाछी–५ स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिएको थियो ।

पैदल हिँडिरहेका उनलाई मोटरसाइकलले ठक्कर दिएलगत्तै उपचारका लागि दमकको लाइफलाइन अस्पताल पु¥याइएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोवल अस्पताल लगिएको थियो ।

उनको नोवल अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts