Saturday, April 9, 2016

साहित्यिक समाजको अध्यक्षमा मुनकर्मी

भक्तपुर, २८ चैत । भक्तपुर साहित्यिक समाजको अध्यक्षमा पुनः राजुराम मुनकर्मी निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न १३औँ साधारणसभा तथा आठौँ अधिवेशनले सचिवमा जीतेन्द्र रसिक, कोषाध्यक्षमा रञ्जीता थापा र सदस्यहरुमा सानुभाइ दियाली, पुरुषोत्तम प्रजापति, सुलोचना जोशी र राजेन्द्र खड्गी रहनुभएको छ ।

साधारणसभा तथा अधिवेशनले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन छलफलपश्चात् पारित गर्दै प्रस्तावित विधान संशोधन मस्यौदासमेत पारित गरेको छ ।

सम्पन्न अधिवेशनपछि समाजले ५३औँ घुमन्ते साहित्यिक शृङ्खला २०७३ वैशाख २५ गते भक्तपुरको दरबार स्क्वायर महादेव चोकमा सञ्चालन गर्नेभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts