हेटौँडा, २४ चैत्र । नेपाल रेडक्रस सोसाइटीको ४५औँ केन्द्रीय महाधिवेशन आजदेखि हेटौँडामा सुरु भएको छ ।
यस पटक ‘सामुदायिक उत्थानशीलताको लागि साझेदारी’ भन्ने प्रमुख अवधारणा तय गरिएको छ । चारवटा रणनीतिक उद्देश्यसहितको रेडक्रसको साताँै विकास योजनाको सुरुवात महाधिवेशनबाट गरिने रेडक्रसका केन्द्रीय अध्यक्ष सजिव थापाले बताउनुभएको छ ।
दुई दिनसम्म चल्ने महाधिवेशनमा देशभरका ७५ वटैै शाखाबाट करिब २७५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । त्यस्तै, महाधिवेशनमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तराष्ट्रिय महासङ्घ तथा विभिन्न मुलुकका राष्ट्रिय सोसाइटीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।
महाधिवेशनको उद्घाटन गर्दै उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले नेपालले दुवै छिमेकी मुलुकसँग समदूरीको सम्बन्ध राख्ने बताउनुभयो । रासस
No comments:
Post a Comment