काठमाडौँ, १० वैशाख । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले मुलुकमा दूध, मासुजन्य वस्तु तथा अण्डाको व्यावसायिक उत्पादन गरी तीनको आयात प्रतिस्थापन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
डेरी उद्योग सङ्घको सातौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री मानवीले त्यस क्षेत्रको विकास र सूधारका लागि आवश्यक नीति ल्याउनका लागि सम्बन्धित कृषक तथा व्यवसायीसँग छलफल भइरहेको बताउनुभयो ।
कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष विश्वराम खड्काले दुग्ध व्यवसाय मुलुकको आर्थिक विकासको महत्वपुण माध्यम भएको चर्चा गर्दै यस क्षेत्रको नीतिगत सुधार तथा योजनाका कार्यक्रमल ल्याउन माग गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास संस्थानका महानिर्देशक गङ्गा तिमल्सिना, राष्ट्रिय व्यवसायी पहलका अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल डेरी एसोसियसनका अध्यक्ष सुमित केडियालगायतले दुग्ध क्षेत्रमा रहेका समस्यालाई सम्बोधनका लागि यससम्बन्धी नीति नै बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालमा वार्षिक १६ लाख मेट्रिक टन दूध उत्पादन हुने गरेको बताइएको छ । यसैगरी, साधारणसभाले अरनिको राजभण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सङ्घका उपाध्यक्षमा नीरञ्जन श्रेष्ठ, महासचिवमा राजकुमार दाहाल, कोषाध्यक्षमा कमलराज हुमागाईं हुनुहुन्छ । यसैगरी सदस्यमा कुलप्रसाद घिमिरे, पुष्पराज बस्नेत, पूर्णबहादुर थापा, रविप्रसाद रिजाल र विश्वराज खड्का चयन हुनुभएको छ । रासस
No comments:
Post a Comment