Thursday, April 7, 2016

‘कृषिसम्बन्धी समान चुनौतीलाई सम्बोधन गर्ने साझा थलो’

काठमाडौँ, २५ चैत । कृषि विकासमन्त्री हरिबोल गजुरेलले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को कृषि मन्त्रीस्तरीय बैठक यस क्षेत्रका कृषिसम्बन्धी समान चुनौतीलाई सम्बोधन गर्ने साझा थलो भएको बताउनुभएको छ ।

सार्कको कृषि मन्त्रीस्तरीय बैठकमा भाग लिन बङ्गलादेश आउनुभएका मन्त्री गजुरेलले आज बैठकलाई सम्बोधन गर्दै कृषिसँग सम्बन्धित सार्क संयन्त्रलाई थप सबल र विगतका प्रतिबद्धताको कार्यान्वयनमा जोड दिनुभयो ।

बैठकमा उहाँले नेपालले कृषि क्षेत्रका नीति तथा रणनीतिलाई सुधार गर्न लागेको जानकारी गराउनुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

बैठकले कृषि तथा ग्रामीण विकासलाई केन्द्रमा राखेर सार्क खाद्य बैंक, बीउ बैैंक तथा अनुसन्धान प्रणालीलाई विस्तार गर्दै कृषि व्यापारमा देखिएका अवरोध कम गर्दै लैजानुपर्नेलगायतका निर्णय गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts