रौतहट, २५ चैत । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मधेस केन्द्रित दलका आन्दोलन स्पष्ट नहुँदा तराई–मधेसका जनताले अनाहकमा लामो समयसम्म दुःख भोग्नु परेको बताउनुभएको छ ।
जिल्ला सदरमुकाम गौरमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले अब पनि आन्दोलन गर्छौं भनी हिँड्ने मधेसी दलका नेतालाई जनताले नपत्याउने बताउनुभयो ।
नेता नेपालले आन्दोलनका कारण सबैभन्दा बढी घाटा मधेसवासीलाई भएको बताउँदै वार्ताबाटै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।
उहाँले अहिले विकास निर्माणको काम गर्ने समय रेहेको भन्दै यस कार्यमा कुनै बाधा अवरोध नगर्न आग्रह गर्नुभयो । नेता नेपालले राष्ट्रिय रुपममै कालोबजारी मौलाउँदा जनताले दःुख पाएको भन्दै यसबारे आफूले सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
सो कार्यक्रममा सांसद रामकुमार भट्टराई र नेकपा(एमाले) केन्द्रीय सदस्य कल्याणी खड्कालगायत पार्टीका अगुवा कार्यकर्ताको सहभागिता थियो । रासस
No comments:
Post a Comment