काठमाडौँ, ७ वैशाख । नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष शेरबहादुर केसीले मुलुृकमा विधिको शासन तथा कानुनी मान्यतालाई कायम राख्न आफ्नो कार्यसमिति क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बार एसोसिएसनको २३औँ कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले जनप्रतिनिधिबाट जारी भएको संविधानको पक्षमा सकारात्मक विश्लेषण गरी सर्वसाधारण जनतालाई यथार्थ सुसूचित गर्न बारले भूमिका निर्वाह गर्ने बताउनुभयो ।
अध्यक्ष केसीले मुलुकमा रहेका सबै कानुन व्यवसायी एकताबद्ध भई संविधानमा देखिएका जटिलतालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै बार र न्यायालयका बीचमा समन्वय गर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बार एसोसिएसनका पूर्वअध्यक्ष तथा महासचिवले नयाँ कार्यसमितिको सफलताको कामना गर्दै बारप्रति आमजनताको विश्वास बढाउन सुझाव दिनुभयो ।
सोही कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो ।
No comments:
Post a Comment