Saturday, April 9, 2016

परिवार नियोजन सङ्घका जग्गादातालाई सम्मान

नवलपरासी, २८ चैत । शाखालाई जग्गा उपलब्ध गराएको भन्दै नेपाल परिवार नियोजन सङ्घ नवलपरासी शाखाले जग्गादाता किरणप्रसाद ज्ञवालीलाई सम्मान गरेको छ ।

नेपाल परिवार नियोजन सङ्घ नवलपरासी शाखाको भवन निर्माण गर्न १० धुर जग्गा उपलब्ध गराएका ज्ञवालीलाई सङ्घको २४औँ शाखा सभाको अवसर पारी शनिबार सम्मान गरिएको थियो ।

ज्ञवालीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सङ्घका केन्द्रीय सदस्यद्वय डा शारदा कुँवर र दीपक रानाले संयुक्त रुपमा ज्ञवालीलाई सम्मान गर्नुभएको थियो ।

रामग्राम –१ निवासी ज्ञवालीले रामग्राम निलोगेट नजिक नेपाल परिवार नियोजन सङ्घको शाखा भवन निर्माण गर्न करिब १० वर्षअघि उक्त जग्गा उपलब्ध गराउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts