Saturday, April 9, 2016

भिरकाटे–दोवा सडकको आठ वर्षमा ट्र्याक

बाबियाचौर (म्याग्दी), २८ चैत । म्याग्दीको दोवा गाविसलाई सडक सञ्जालसँग जोड्ने भिरकाटे–दोवा सडक आयोजनाको ट्र्याक खोल्ने कार्य आठ वर्षमा पूरा भएको छ ।

विसं २०६६ मा भिरकाटेदेखि दोवा जोड््ने सडक निर्माणकार्य सुरु भए पनि कालीगण्डकी नदीमाथि मोटरचल्ने पुल नहुँदा पूर्णता पाउन सकेको थिएन । बेनी–जोमसोम सडकको भिरकाटेस्थित कालीगण्डकी नदीमा यसैवर्ष मोटरेबल पुल निर्माण सम्पन्न भएपछि सडक ट्र्याक खोल्ने कार्यले आठ वर्षपछि पूर्णता पाएको हो ।

सरकारको रु पाँच करोड १२ लाख १४ हजार लागतमा निर्माण भएको ५० मिटर लामो मोटरेबल पुल र भिरकाटेदेखि दोवा जोड्ने ८.३५ किमी सडकको सांसद नवराज शर्माले शनिबार एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

रु ९३ लाख ९५ हजार ७०५ को लागतमा निर्माण भएको सडकमा स्थानीयवासीको रु ६२ लाख ७८ हजार १३० र सरकारी निकायको रु ३१ लाख १७ हजार ५७५ लगानी भएको दोवा ग्र्रामीण सडक उपभोक्ता समितिका सचिव धनबहादुर पाइजाले जानकारी दिनुभयो ।

सडक निर्माण भएपछि दोवामा सामान ढुवानी मूल्य प्रतिकिलो रु चार कम हुनुका साथै आलु, बदामलगायतका कृषि उपज निकासी र सदरमुकाम जान आउन सुविधा पुगेको छ । सडकबाट दोवाका २५६ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । रासस
–––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts