Wednesday, April 6, 2016

पौडेलद्वारा देउवालाई बधाई

काठमाडौं, २४ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित हुनुभएकामा हार्दिक बधाई दिनुभएको छ ।

नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै देउवालाई टेलिफोन गरेर उहाँले बधाई दिनुभएको हो । नेता पौडेलले लोकतान्त्रिक विधिबाट संसदीय दलको नेतामा निर्वाचित हुनुभएको भन्दै पार्टी सभापति देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts