Wednesday, April 6, 2016

आरोपपत्र दायर

काठमाडौँ, २४ चैत । प्रहरी प्रधान कार्यालय, सुरक्षा महाशाखा, नक्सालमा कार्यरत प्रहरी नायब निरीक्षक रामहरि विष्टले सेवा प्रवेशका लागि पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा विष्टविरुद्ध आरोपपत्र दायर गरेको छ ।

विष्टले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको फिरोज गान्धी कलेज पटना, भारतबाट सन् १९९८ मा आइ.कम. तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवम् झुटा देखिएको आयोगले जनाएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts