जनकपुरधाम, २५ चैत । सेवा निवृत्त राष्ट्र सेवक सङ्घ नेपाल धनुषाको यहाँ सम्पन्न प्रथम जिल्ला अधिवेशनले यमुना पञ्जियारको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको छ ।
सङ्घका अन्य पदाधिकारीमा उपाध्यक्षमा रामवृक्ष साह, सचिवमा किशोरी शरण यादव र कोषाध्यक्षमा रामचन्द्रप्रसाद साह रहनुभएको छ ।
समितिका सदस्यहरूमा डा रामजी राय, वैजनाथ चौधरी, विष्णुचन्द लाल कर्ण, योगेन्द्र साह, महेन्द्र साह, रामचन्द्र साह र पुलकित साहलाई चयन गरिएको छ ।
सो अवसरमा राष्ट्रिय समाचार समितिका पूर्व महाप्रबन्धक एवम् सङ्घका केन्द्रीय प्रतिनिधि जयशङ्कर महतो र जनकपुर अञ्चल प्रतिनिधि काशीकान्त झाले सेवा निवृत्त राष्ट्र सेवकको दक्षतालाई राज्यले प्रयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । रासस
No comments:
Post a Comment