Thursday, April 7, 2016

लागुऔषधसहित एक पक्राउ

विराटनगर, २५ चैत । मोरङमा आज लागुऔषधसहित एकजना पक्राउमा परेका छन् ।

कैलाली जिल्लाको सुगरखाल–९ बस्ने ३६ वर्षीय दीपक विश्वकर्मालाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

लागुऔषध ब्युरो मोरङको प्रहरी टोलीले विराटनगर–१८ मा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिभन २८८ चक्की, नाइट्रोसन १०० चक्की र छ थान कोरेक्स बोतल बरामद भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts