Tuesday, April 19, 2016

अधकर समपनन सवधन बनक छ परवसभमख नमवङ

इलाम, ७ वैशाख । पूर्वसभामुख तथा नेकपा (एमाले)का नेता सुवास नेम्वाङले नयाँ संविधानप्रति जस्तोसुकै असन्तुष्टि आए पनि सबै क्षेत्रको अधिकार समेटिएको संविधान जारी भएको बताउनुभएको छ ।

“सबै वर्ग, लिङ्ग, जात, धर्म, क्षेत्रलाई समेटिएको र सबैको अधिकार सुनिश्चित भएको संविधान जारी भएको छ”– उहाँले भन्नुभयो ।

इलामको सिद्धिथुम्कामा आज आयोजित एक कार्यक्रममा बोल्दै पूर्वसभामुख नेम्वाङले अब संविधान यस्तो भो, उस्तो भो भनेर अल्झिरहनुभन्दा आवश्यक कुरालाई संशोधन गर्दै त्यसको कार्यान्वयनमा जानु उचित हुने धारणा राख्नु भयो । एक सय २२ पटक कानुन संशोधन भएको भारतको संविधानको उदाहरण दिँदै उहाँले नेपालको संविधानमा पनि संशोधन र परिमार्जन गर्न सकिने स्पष्ट पार्नुभयो । यही संविधानका कारण देशका प्रमुख तीन अङ्ग राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशमा महिला प्रमुख हुनु विश्वमै उदाहरणीय रहेको उहाँको भनाइ थियो ।

सिद्धिथुम्कामा निर्माण गर्न लागिएको सिद्धदेवी मन्दिरका लागि सहयोग जुटाउन आयोजित महाज्ञान सप्ताह पुराणको शुभारम्भ गर्दै पूर्वसभामुख नेम्वाङले जिल्लाका दुर्गम क्षेत्रमा सडक र बिजुली पु¥याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
नेता नेम्वाङले आजै सिद्धिथुम्काको पञ्चमीमा निर्माण हुन लागेको पाल्सेन डुब्लिङ गुम्बाको शिलान्याससमेत गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts