इलाम, ६ वैशाख । नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले युवा सङ्घ नेपाल, केन्द्रीय कृषि विभागको आयोजना तथा युवा सङ्घ इलामको व्यवस्थापनमा भएको ‘कृषि उत्पादनमा व्यवसायिकता, खेती प्रणालीमा वैज्ञानिकता र व्यावसायिक कृषिमा युवा सहभागिता’ विषयको अन्तक्र्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले देशलाई राजनीतिक विकास सँगसँगै आर्थिक विकास र समृद्धितर्फ अघि बढाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा सङ्घका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, सचिव नरेश शाही र केन्द्रीय सदस्य मुना शर्मा, एमाले इलामका अध्यक्ष राम राना, लगायतले युवा सङ्घले अघि सारेको कृषिको व्यवसायीकरण र वैज्ञानिकता दिगो आर्थिक विकासको आधार भएको विचार राख्नुभयो । रासस
No comments:
Post a Comment