Friday, April 29, 2016

महिला सुरक्षित घर हस्तान्तरण

काठमाडौँ, १७ वैशाख । भूकम्पबाट मानसिक रुपमा समस्यामा परेका महिलाको सहयोगका लागि होमनेट नेपालले सात वटा घर स्थानीयलाई हस्तान्तरण गरेको छ ।

होमनेट नेपालले आज यहाँ आयोजना गरेको समुदायको अगुवाइमा सामुदायिक पुनःनिर्माण कार्यक्रममा कार्यविनायक नगरपालिका प्रमुख रोहितराज पोखरेलले काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा बनाइएको घरको नमुना प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको हो ।

कीर्तिपुरको पाङ्गा, ललितपुरको बडिखेल ठेचो, खोकना र चापागाउँका विभिन्न तीन स्थानमा महिला सुरक्षित स्थान लेखिएको नमुना घर हस्तान्तरण गरिएको हो ।

यसरी बनाइएको घरमा भूकम्पबाट मानसिक रुपमा अस्वस्थ्य रहेका महिलालाई परामर्श दिन, सोही घरमा बसी महिलाले विभिन्न किसिमका सीपमूलक काम गर्न र विभिन्न किसिमका हिंसामा परेका महिलाले समस्या आदानप्रदान गर्नका लागि बढी उपयोगी हुने आयोजक संस्थाले विश्वास लिएको छ ।

एक्सनएडको सहयोगमा निर्माण गरिएको उक्त घरको निर्माणका लागि रु चार लाख ८० हजार लागेको पनि बताइएको छ । घर केही स्थानमा बनाइसकेको छ, भने कतै बनाउने काम भइरहेको छ ।

सोही अवसरमा होमनेट नेपालका अध्यक्ष चन्द्रमाया महर्जनले विपद्को सामना र विपद्पछिको पुनःनिर्माणका लागि सरकारको मात्र मुख नताकी नागरिक र सङ्घ संस्थाको तर्फबाट जे गर्न सकिन्छ सो कार्य गर्नुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts