काठमाडौँ, १७ वैशाख । निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)का महासचिव अशोकनाथ प्याकुरेलले देशको क्रिकेट बचाउन सम्बन्धित निकायसँग सवै किसिमको छलफल गर्न चाहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकार सम्मेलन गर्दै उहाँले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले भर्खरै क्यानलाई गरेको निलम्बनले नेपाली क्रिकेटमा दूरगामी नकारात्मक असर पर्ने बताउनुभयो ।
उहाँले देशको क्रिकेट बचाउन क्यानको विधानअनुसारका कार्यबाहेक सवै विषयमा आफूहरु लचिलो हुने बताउँदै सरकारलाई सही समाधनको प्रश्ताव लिएर आउन आग्रह गर्नुभयो ।
सरकारले यस विषयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सङ्कटको यो घडीमा हामी नेपाली क्रिकेटप्रति संवेदनशील छौं, सरकार र राखेप (राष्ट्रिय खेलकुद परिषद्) स्पष्ट धारणा लिएर आएको खण्डमा निकासका लागि हामी सवै किसिमका छलफल गर्न तयार छौं ।”
चतुरबहादुर चन्द अध्यक्ष रहेको तथा प्याकुरेल महासचिव रहेको क्यानको पक्षको निर्वाचन गत वर्षको मङ्सिरमा भएको थियो । त्यसपछि प्रक्रिया पु¥याएर निर्वाचन नगरेको भन्दै पुसमा राखेपले रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । अहिले दुवै समितिले काम गर्न पाएका छैनन् । दुवै समूहको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । रासस
Friday, April 29, 2016
क्रिकेट बचाउन सरकारले सही प्रस्ताव ल्याओस् – महासचिव प्याकुरेल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment