Sunday, May 1, 2016

सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा ६७ उजुरी

जुम्ला, १९ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६१ उजुरी दर्ता भएका छन् ।
दर्ता उजुरीमा पहिलो चरणमा ३२ उजुरी आयोगको केन्द्रीय कार्यालयमा हुलाक मार्गबाट पठाइएको स्थानीय शान्ति समिति जुम्लाका निमित्त कार्यालय सचिव बेलु रोकायाले जानकारी दिनुभयो ।
उहाँका अनुसार २९ उजुरी पछिल्लो चरणमा आयोगमा पठाइने छ । बेपत्ता छानबिन आयोगतर्फ अहिलेसम्म छ जनाको उजुरी परेको निमित्त कार्यालय सचिव रोकायाको भनाइ छ ।
आगामी असार २ गतेसम्म उजुरी दर्ताको आह्वान गरिए पनि सोचेजति प्रचारप्रसार हुन नसकेकाले दुवै आयोगमा उजुरी दर्ता गर्नेको सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो । कतिपयले आफ्नो असुरक्षाका कारण निवेदन दर्ता गर्न नसकेको हुन सक्ने स्थानीय शान्ति समितिले जनाएको छ । यद्यपि उजुरी आउने क्रम निरन्तर रहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts