Wednesday, May 4, 2016

खोलाले बगाएर तीनको मृत्यु

हेटौँडा, २२ वैशाख । मकवानपुर जिल्लाको भैँसे गाविस वडा नं ४ ज्यामीरे खोलामा आज साँझ आएको वर्षाले खोलामा बाढी आएका बेला खोला तर्न लाग्दा बगाएर तीनजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमध्ये मकवानपुरको भैँसे–४ बस्ने २८ वर्षीया विमला स्याङ्तान र १२ वर्षीया अनिषा मुक्तान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, भैँसे–३ आँपखोलामा खोला तर्न लाग्दा तराईवासी मुलको एकजना पुरुषको बगाएर मृत्यु भएको छ ।

उनको अहिले सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले राससलाई जानकारी दिनुभयो ।

घटनास्थल हेटौँडा भिमफेदी सडकखण्डअन्तर्गत भैँसेको ज्यामीरेमा सो घटना भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts