Wednesday, May 4, 2016

किरा परेको अवस्थामा शव भेटियो

भक्तपुर, २२ वैशाख । भक्तपुर नगरपालिका–५ भोलाछेका दीलबहादुर नेपालीको शव कुहिएर किरा परेको अवस्थामा भेटिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–१७ खस्याङ खुसुङ खोलामा आज नेपालीको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यही वैशाख ९ गतेदेखि हराएका नेपालीको शव छोरा दिपेश नेपालीले पाखुरामा बनाएको नामसहितको ट्याटु र लुगाबाट पहिचान गरेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts