Tuesday, May 17, 2016

सङ्घीय गठबन्धनमा संलग्न भएको भन्दै पार्टीबाट निष्कासित

काठमाडौँ, ४ जेठ । थरुहट तराई पार्टी नेपालले पार्टीका अध्यक्ष भानुराम थारु र सचिव मीनराज चौधरीलाई निष्कासन गरेको छ ।

थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले जारी गरेको विज्ञप्तिमा समितिको मर्म, भावना तथा आचारसंहिताविपरीत अवैध र अनधिकृत रुपमा थरुहट आन्दोलनविरुद्ध सङ्घीय गठबन्धनमा संलग्न भएका कारण निष्कासन गरिएको जनाइएको छ ।

समितिका संयोजक धनीराम चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा थरुहट÷थारुवान संंयुक्त सङ्घर्ष समितिको निर्णयबिना आन्दोलनमा सहभागी भई पार्टीबारे भ्रम सिर्जना गरेकाले उनीहरुलाई निष्कासन गरिएको उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts