Sunday, May 1, 2016

प्राप्त अधिकार संस्थागत गर्न आग्रह

काठमाडौँ, १९ वैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्राप्त अधिकारलाई थप संस्थागत गर्दै अगाडि बढ्न मजदुर वर्गसँग आग्रह गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस ऐतिहासिक दिनमा नेपाल र विश्वका मजदुरसँग जुझारु ऐक्यबद्धतासहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष दाहालले परिवर्तनसँर्ग मजदुरका कयौँ अधिकार समेतलाई सम्बोधन गर्दै संविधानसभाबाट संविधान बनेको र त्यसलाई सहज रुपमा कार्यान्वयन गरेर लैजानुपर्ने स्पष्ट पार्नुभएको छ ।
प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका निमित्त सङ्घर्ष गर्नु आज नेपालका मजदुर एवम् उत्पीडित जनताको कार्यभार बन्न गएको नेता दाहालको सन्देशमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts