Sunday, May 1, 2016

बजेट तथा कार्यक्रम विवरण पेस गर्न अनुरोध

काठमाडौँ, १९ वैशाख । आगामी आव लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रम विवरण पेस गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सबै मन्त्रालयलाई अनुरोध गरेको छ ।

विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन (पिडिएनए) मा उल्लिखित सबै मन्त्रालय तथा निकायलाई बजेट पेस गर्न पत्राचार गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अनुदान सम्झौताका लागि योग्य घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन रु ११ अर्ब ६७ करोड ७९ लाख थप रकम निकासा गरिएको प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो । “यसअघि रु ९१ करोड ९९ लाख ४२ हजार घरधनीलाई अनुदान दिन निकासा गरिएको थियो”–उहाँले भन्नुभयो ।

गोरखा, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, ओखलढुङ्गा र सिन्धुलीमा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सूची अनुसार रकम उपलब्ध गराउन प्राधिकरणले रकम निकासा गरेको हो ।

यसअघि र अहिले गरी प्राधिकरणले रु १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार भूकम्पबाट पूर्ण रुपमा घर क्षति भएका नागरिकलाई दिन निकासा गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts