काठमाडाँै, ४ जेठ । मुलुकको विद्यमान समस्या समाधान तथा मधेस आन्दोलन लागि वार्ता र राजनीतिक दलबीच सहमतिको आवश्यकता औँल्याइएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सहभागी वक्ताले मधेसीसहित आदिवासी, जनजातिले उठाएको जायज र सम्भव भएका विषय सहमतिबाट टुङ्गाउनुपर्नेमा जोड दिनुभयो ।
राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आफ्नो पार्टी दुई मधेस प्रदेशको पक्षमा रहेको स्पष्ट पार्दै अहिले देशमा देखिएको समस्या समाधानका लागि प्रमुख तीन दलको सहकार्य र समन्वयको खाँचो रहेको बताउनुभयो । उहाँले वंशजबाहेकका नागरिकलाई उच्च संवैधानिक पदमा नियुक्त गर्न नसकिने बताउनुभयो ।
शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले सरकार वार्ता र संवादमार्फत संविधान संशोधनको पक्षमा रहेको बताउँदै काठमाडौँमा केन्द्रित मधेस आन्दोलनमा मधेसी जनताको समर्थन नभएको विचार व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले मधेसी मोर्चालगायतले काठमाडौँमा केन्द्रित आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको स्पष्ट पार्दै मधेसको माग पूरा नभएसम्म संविधान कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।
नेकपा (एमाले)का नेता लालबाबु यादवले राजनीतिक नेतृत्वले प्रदेशको सीमाङ्कन गर्दा समस्या आएकाले अब भूगोलविद्, अर्थशास्त्री, मानवशास्त्री र समाजशास्त्रीसहितको विज्ञले मात्रै गर्नुपर्ने सुझाव दिनुभयो । रासस
No comments:
Post a Comment