Tuesday, May 17, 2016

उपराष्ट्रपति स्वागत समारोहमा

काठमाडौँ, ४ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन नर्वेको संविधान दिवसका अवसरमा नेपालका लागि नर्वेली राजदूत चेल तोरमोड पिटर्सेनले आज साँझ यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक हुनुभयो ।

त्यसअवसरमा राजदूत पिटर्सेनले नेपालको शैक्षिक एवम् सामाजिक विकासमा नर्वेको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै दुवै मुलुकको पारस्पारिक हितमा काम गर्न आफू क्रियाशील रहेको बताउनुभयो ।

उहाँले सरकारीस्तरका साथै जनस्तरमा नर्वे र नेपालबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउँदै आपसी सम्बन्ध भविष्यमा अझ घनिभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा विभिन्न राजनीतिक दलका नेता, सांसद, संवैधानिक एवम् कूटनीतिक नियोगका पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी, कामको सिलसिलामा यहाँ रहेका नर्वेली नागरिक, उद्योगपति, व्यापारी एवम् समाजका प्रतिष्ठित व्यक्तिहरुका साथै वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts