दाङ, ४ जेठ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभएको छ ।
रुकुम जाने क्रममा दाङमा आज आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा उहाँले काँग्रेसलाई एक बनाएर लैजानेसमेत बताउनुभयो । “सबै कार्यकर्ताको भावना काँग्रेस एक होस् भन्ने छ, सोहीअनुरुप लाग्नेछु मलाई विश्वास पैदा भएको छ”– उहाँले भन्नुभयो ।
त्यस्तै उहाँले काँग्रेस जिम्मेवार पार्टी भएकाले देशमा देखिएको समस्या काँग्रेसको अगुवाइमा समाधान हुने विश्वास दिलाउनुभयो । सो अवसरमा महामन्त्री कोइरालाले काँग्रेसका नेता केशव आचार्यको घर हेकुलीमा पुगी आचार्यकी धर्म पत्नीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । रासस
No comments:
Post a Comment