Sunday, May 15, 2016

पुनःनिर्माणका लागि पन्ध्र दिन स्वयम्सेवक परिचालन गरिने

काठमाडौ, २ जेठ । भूकम्पपीडितको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यही जेठ ७ देखि २१ गतेसम्म १५ दिनका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ ।
प्राधिकरणले अस्थायी आवास निर्माण तथा निजी आवास अनुदान वितरणसम्बन्धी कार्यमा स्थानीय स्वयम्सेवक परिचालन गर्न त्यससम्बन्धी निर्देशिका पारित गरेको प्राधिकरणले जनाएको छ । भूकम्पीडितलाई उपलब्ध गराइने दुई लाख अनुदान समृद्ध लाभग्राही घरधनीसँग हुने अनुदान सम्झौतामा सहयोग पु¥याउने तथा हालसम्म आफ्नो जग्गा नभएको वा भएर पनि घर बनाई बस्नयोग्य नभएकाले पालमुनि बसिरहेका भूकम्पपीडितलाई सहयोग पु¥याउने उद्देश्यले निर्देशिका तयार पारिएको छ ।
स्वयम्सवेकलाई सरकारले उपलब्ध गराउने अनुदान रकम वितरण गर्दा सम्बन्धित गाविसका सचिव÷नगरपालिकाका कार्यकारी अधिकृत र समृद्ध लाभग्राही घरधनीबीच हुने अनुदान सम्झौतामा सहजीकरण गर्ने कार्यक्षेत्र तोकिएको प्राधिकरणले आज निकालेको विज्ञप्तिमाा भनिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts